दमौलीः तनहुँ बन्दीपुर नगरपालिका १ डुम्रे निवासी सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधान बागमती प्रदेशको प्रमुख नियुक्त भएका छन् ।

उनलाई हालै मात्र सशस्त्रको बागमती प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । प्राविधिकतर्फका ईञ्जिनियर प्रधानलाई बलको मुख्यालय हलचोकले ५ नम्बर प्रदेशको प्रमुखबाट सरुवा गर्दै हेटौंडास्थित गढिमाई बाहिनी मुख्यालयको प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

प्राविधिकतर्फका प्रधानलाई सशस्त्र प्रहरीमा भावी प्रमुखका दाबेदारका रुपमा हेर्ने गरिएको छ ।