भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण ११ बुधबार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा बुधबार बिहान मालबाहक ट्रक पल्टिएको छ ।
ट्रक पल्टिदाँ डुम्रे–दमौली सडक खण्ड अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाको डुम्रे बजारबाट बालुवा लिएर दमौली तर्फ जाँदै गरेको ग १ ख४७९२ नम्बरको ट्रक बीच सडकमा पल्टिदाँ राजमार्ग अवरुद्व भएको हो ।
उक्त ट्रक बीच सडकमा पल्टिएपछि अन्य कुनै पनि सवारी आवतजावत हुन सकेको छैन् ।

उक्त ट्रक हटाउनको लागि क्रेनको खोजी भैरहेकोले समय लाग्ने देखिएका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उक्त घट्नामा कुनै मानवीय क्षति नभएको र घट्नास्थलमा प्रहरी टोली पुगिसकेको उनले जानकारी दिए ।

#JC