भिमाद सञ्चार
तनहुँ २०७९ श्रावण ११

पुर्वी नवलपरासीको दाउन्नेमा बस आफै अनियन्त्रित भइ पल्टिँदा बसमा आगो लागेको छ।

आज बिहान ५ बजेको समयमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना५ ख५१०० नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भइ पल्टिँदा बसमा आगो लागेको हो।

बसमा सवार २१ जना घाइते भएका छन्। घाइतेको कावासोति डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ।