भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १३ शुक्रवार

ईलाका प्रहरी कार्यालय भिमादले बिद्यालयमा  एक दिने सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न  गरेको छ ।

तनहुँको भिमाद नगरपालिका वडा नं. ६ मा रहेको भिम मेमोरियल ईङ्ग्लिस बोर्डिङ स्कुलमा  सम्पन्न  सचेतनामुलक  प्रशिक्षण कार्यक्रममा लैंगिक हिंसा, बाल यौन दुर्व्यवहार, बाल विवाह, साईबर अपराध सम्बन्धि विषयमा प्रशिक्षण दिएको हो । उक्त कार्यक्रममा प्रशिक्षर्थिहरु सोही बिद्यालयका ३ जना शिक्षक,  कक्षा दशका १३ जना छात्र र १७ जना छात्रा विद्यार्थीहरु गरि ३३ जना सहभागी रहेको ईलाका प्रहरी कार्यलय  भिमादले जानकारी गराएको छ ।

सलामी मगर बताउँछन् : आजको आवश्यकता भनेको शैक्षिक ज्ञान संगै सचेतनामुलक ज्ञानको पनि हरेक घर र बिद्यालय  स्तरबाट आवश्यक हुने भएकोले हाम्रो लक्ष्यित समुहहरु पनि  स्कुलका  बिद्यार्थिहरु पर्न गरेका छन  ।

कार्यक्रम सम्बन्धि ईलाका प्रहरी कार्यालय भिमादका प्र.ना.नि. युवराज सलामी मगरले प्रशिक्षण कार्यक्रम प्रस्तुत गरेका थिए  ।