भिमाद सञ्चार

तनहुँ

ईलाका प्रहरी कार्यालय भिमादले भिमाद नगरपालिका वडा नं ७ सिस्नेरीमा अवैध रुपमा उम्रिएका गाँ’जाका बोट फडानी गरेका छन् ।

सोमबार ” समुदाय प्रहरी साझेदारी कार्यकम अन्तर्गत अवैध रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । भिमाद नगरपालिका वडा नं ७ सिस्नेरीका सरोकारवाला पक्ष , जनप्रतिनिधि , स्थानिय बासिन्दा र इलाका प्रहरी कार्यालय भिमादको टोलीले गाँजाको बोट फडानी गरेको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामीले जानकारी दिए । उनले गाँजा तथा अन्य नशालु पदार्थको शिकार पछिल्लो समय युवापुस्ता बन्दै गएको बताए ।

लागु औषध दुर्व्यसनीले व्यक्तिगत जीवन साथै सामाजिक मूल्य मान्यतालाई खलल पुर्याउने हुनाले यसको प्रयोग नगर्न सुझाएका थिए ।