भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १४ शनिबार

अरिङगालको टोकाइबाट पर्वतका एक पुरुषको मृ’त्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ मा अरिङ्गालको टोकाईबाट शुक्रबार एक जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–१ का ३४ बर्षीय श्रीराम परियारको अरिङ्गालको टोकाइबाट मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिएका हुन् ।

बिहिबार राती अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा घाईते भएका परियारलाई राती धौलागिरी अस्पताल बागलुङमा उपचारको लागी लगिएको  थियो । उपचारको क्रममा शुक्रबार विहान घाईते परियारको मृ’त्यु भएको प्र.ना.उ रानाले बताए ।