लमजुङको सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि ह’त्या भएको छ । प्रहरीले घ’टनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई प’क्राउ गरेको छ ।

 

 

 

 

 

साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी लीला अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो ।  मंगलबार ४ बजेतिर घरनजिकै रहेको दिदीको घर गएर साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनी अबेरसम्म घर नपुगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ ।

अछामी र आरोपित सुनारबीच नियमितजस्तै भिडियो कलमार्फत कुरा हुने गरेकोसमेत पाइएको छ। विदेशबाट फर्किएर गत असारमा मात्रै विवाह गरेका आरोपित सुनारले सोही दिन अछामीलाई एसएमएस र भिडियो कल गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ। सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ ।

आफू विवाहित भएकाले आफूहरूको सम्बन्धबारे समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए। तल भिरको खोँचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनाहरूसमेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।  लीलाको शवकोे जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् । घटनामा संलग्न अभियुक्त सुनारलाई बिहीबार पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।