भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १७ मङलबार

पहिरोको कारण अवरुद्ध सडक मुग्लिन  काठमाडौँ सडक खण्ड   सुचारु भएको छ । उता  मुग्लिन-नारायणगढ सडक खण्ड भने अझै खुल्न सकेको छैन । गएरातिदेखि नै अवरुद्ध भएको हो । सडकअन्तर्गत भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

रातिदेखि नै पहिरो पन्छाउन थालिए पनि मंगलबार साझ ६ बजेसम्म पनि प्रयास सफल हुन सकेन ।  सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

मुग्लिन सडक अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को सडक रोकिएको छ । जसका कारण पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएका थिए ।केहिबेर अझि साझ ६ बजेबाट पोखरा काठमाडौँ जाने सवारीसाधन सुचारु भएको  ट्राफिक प्रहरीले  जनाएको छ ।