भिमाद सञ्चार

तनहुँ २०७९ श्रावण १९

सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको हिजाे बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति  गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।’