लियो क्लब अफ तनहुँ म्याग्देको अध्यक्षमा शैलेश अधिकारी चयन भएका छन् । शनिवार म्याग्दे गाउँपालिका ४ थर्पुमा आयोजित कार्यक्रमबाट अधिकारी अध्यक्षपदमा चयन भएका हुन् ।

यस्तै क्लबको प्रथम उपाध्यक्षमा रोशन श्रेष्ठ , दृतिय उपाध्यक्षमा सुरज लामिछाने , तृतीय उपाध्यक्षमा प्रविण वाग्ले , सचिवमा जुपिटर वाग्ले लगायत ४२ सदस्यीय कार्यसमिति गठन गरिएको लियो क्लब अफ म्याग्देले जनाएको छ ।