नेपाली कांग्रेस भिमाद नगरपालिकाका सभापति अरविन श्रेष्ठले भिमाद नगरपालिका वडा नं.७ स्थित सिद्ध ज्योती आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई विद्यालय पोशाक , झोला वितरण गरेका छन् । स्वर्गिय विष्णु कुमारी श्रेष्ठको स्मृतिमा विद्यालयमा अध्ययनरत ३४ जना दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक र झोला वितरण गरेको विद्यालयले जनाएको छ ।

आधारभूत आवश्यकताको अभावका कारण समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको अरविन श्रेष्ठले बताए । आगामी दिनमा पनि आवश्यक सहयोगका लागि सधैं तत्पर रहने उनले बताए ।

सो अवसरमा भिमाद नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ , वडा नं ७ का वडा सदस्य एबम् कार्यक्रमका अध्यक्ष जिम थापा , विद्यालयका प्रधानाध्यापक मोना सुवेदीले विद्यार्थीहरुलाई गरेको सहयोग प्रति विद्यालय परिवार खुशी भएको र सकरात्मक रहेको बताएका थिए । साथै शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउनको लागि स्थानीय सरकार , सरोकारवाला पक्ष , अभिभावक , विद्यालय सबैले विशेष चासो राख्नुपर्ने कुरामा जोडदिएका थिए ।