प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट सुरु हुने भएको छ।

सरकार विस्तार गर्न नसकेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा हुने ग्लोबल लिडर समिटमा भाग लिन ग्लास्गो जान लागेका हुन।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) स्कटल्याण्डको ग्लास्गोमा हुंदैछ।

सम्मेलनमा धेरै देशका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने कार्यक्रम छ।

कोप–२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवा र मुख्य सचिव शंकदार बैरागीसंग भेटवार्ता गरेका थिए।

सोही कार्यक्रममा भाग लिन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन।