भिमाद सञ्चार 

तनहुँ २०७९ श्रावण २८ शनिबार

तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए ।

उनको पोखरासिथत पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद लगिएकोमा  थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।