भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र ४ शनिबार
घिरिङ्ग।
मिझार समाज घिरिङ ३ लाई ढोरबाराही क्रसर उधोग एबम् ढोरबाराही ज्वेलर्स भिमादका संचालक बाबुराम सुनारले आर्थिक सहयोग गरेका छन्  । घिरिङको गैह्राथोकमा शुक्रबार भेलाका अध्यक्ष टुक बहादुर नेपाली लाई सुनारले १० हजार रुपैंया हस्तान्तरण गरेका हुन्  । उनले दलित समुदाय सबै पक्ष बाट सक्षम हुनु पर्ने बताउदै अहिले बन्दै गरेको मिझार समाजको भवन सम्पन्न गर्नको लागि ब्यक्तिगत आर्थिक सहयोग गरेका हुन्  ।

यसै गरि घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले अधुरो रहेको समाजको उक्त भवन पूरा गर्ने प्रतिबद्धता गर्दै मिजार समाजले समाज परिवर्तनको लागि महत्त्वपूर्ण काम गर्नेमा बिस्वस्त रहेको बताएका छन् । साथै अध्यक्ष थापाले पालिका बाट गर्न मिल्ने सहयोग पुर्ण रुपमा गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् ।

मिझार समाज घिरिङ ३ मा टुक बहादुर नेपालिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा फत्त बहादुर नेपाली,सचिब खड्क बहादुर नेपाली, कोषाध्यक्ष प्रबिना नेपाली सहसचिब शुसिला नेपाली सदस्यहरु फुलमायाँ नेपाली, होम बहादुर नेपाली, शुकुमायाँ नेपाली र याम बहादुर नेपाली रहेका छन् ।

कार्यक्रम टुक बहादुर नेपालिको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख घिरिङ्ग गाउँपालिका अध्यक्ष होम बहादुर थापा, बिशिस्ट अतिथी मुक्ति समाज केन्द्रिय सदस्य बाबुराम सुनार, अधिबक्ता अमृत नेपाली, अतिथिहरु गाउँपालिका उपाध्यक्ष राधा देबि अधिकारी, गाउँपालिका पुर्ब अध्यक्ष रन बहादुर राना, वडा नं ३ अध्यक्ष तहल सिं थापा, वडा नं २ अध्यक्ष नर बहादुर थापा, मुक्ती समाज घिरिङ्ग अध्यक्ष एबम घिरिङ्ग गाउपालिका प्रेस सल्लाहकार अन्जान परियार, भुपु सैनिक संगठनका केन्द्रीय सदस्य सेर बहादुर थापा समाजसेवी सरोज नेपालीको लगायतको उपस्थित रहेको कार्यक्रममा  जातिय भेदभाब अब पुर्ण रुपमा अन्त्य गर्न घिरिङले विशेष कदम चाल्ने गाउँपालिका अध्यक्ष थापाले बताएका छन् । उक्त  कार्यक्रम संचालन बिष्णु नेपाली श्रेष्ठले गरेका थिए  भने स्वागत मन्तब्य राम प्रसाद नेपालीले गरेका थिए ।