भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र ६ शोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीले भिमादमा चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भिमाद नगरपालिका वडा नं ९ धन्दुर शिद्दगुफा परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पार्टीका प्रदेश सदस्य तथा संगठन विभाग प्रमुख अशोक खड्काले शिद्द गुफा स्थित मन्दिरमा पार्टीको चुनाव चिन्ह घण्टी झुन्डाएर कार्यक्रम उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले , ” यी घण्टीहरु मन्दिरमा मात्रै सिमित हुनेछैनन् जहाँ भ्रष्टाचार, बेथिति र कुसंस्कारको भन्डार रहेका छन् , अब त्यस्ता ठाँउ र मन मनमा पनि बजाउने अभियान बिस्तारमा पार्टी लागेको छ । ”

देशका सचेत र सक्षम युवाशक्ति देशमै रोक्दै भ्रष्टाचारको अन्त्य गर्नुनै आजको प्रमुख एजेन्डा रहेको तनहुँ जिल्ला सभापति विकास सिग्देलले बताए ।

कार्यक्रममा भिमादका युवा ब्यवसायी एवम् विभिन्न संघ सस्थामा आवद्ध व्यक्तिहरु सहभागीता रहेको थियो । रवि लामिछाने जसरी सिँधा कुरा जनता सङ्ग रहेर नेपालीहरुको मन जितेका थिए । त्यसैगरी यो पार्टीले पनि जनजनको मन जितोस् , भष्ट्राचार , राष्ट्रनिर्माताको भुमिका खेलोस् भनी सहभागी युवा जमातले पार्टीलाई शुभकामना दिएका थिए ।