मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन्। उनले क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी दिएकी हुन्।

सानै उमेरदेखि राजनीतिमा सक्रिय खड्का नेपाल विद्यार्थी संघ मुगुकी सदस्य हुन्।

उनले मेची(महाकाली बुहारी संघको सदस्य र युवा सजकताको सचिव भएर काम गरिसकेकी छन्।

उनले आफूले सानैदेखि पार्टीमा पुर्‍याएको योगदानको सबैले कदर गर्ने विश्वास लिएकी छन् । क्षेत्रीय सभापतिमा युवा नेता विष्णुकुमार भाम, उपसभापतिमा टुण्डुल लामालगायतले उम्मेद्‍वारी दिएका छन्।