भिमाद सञ्चार 

तनहुँ २०७९ भाद्र ७ गते मंगलबार

जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउँन आग्रह गरेको छ ।

पर्व मनाउने नाउँमा भड्किलो र खर्चिलो नबनाउन सार्वजनिक सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधी नगर्नको लागि आग्रह गरिएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए ।

पर्व मनाउने नाउँमा अत्यन्त खर्चिला र भड्किला कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसंगै तर्फ ध्यानाकर्षण भएको उनले बताए । आफ्नो परम्परा,सामाजिक रीतिरिवाज अनुरुप मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।