भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र ८ बुधबार

लम्जुङको मध्यनेपाल नगरपालिका स्थित मादि नदीमा पौडी खेल्ने क्रममा एक शिक्षकको मृत्यु भएको छ ।

मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका पोखरा महानरपालिका–३२ का ४५ वर्षीय बाबुराम अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अधिकारी बुधबार बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उक्त शव दमौली अस्पतालमै परीक्षण गरी आफन्तलाई बुझाइएकोे प्रहरीले जनाएको छ।