भिमाद सञ्चार

२०७९भदौ ०९ घिरिङ,अन्जान परियार

महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा घिरिङ्ग गाउँपालिकाले आयोजना गरेको तिज गित प्रतियोगितामा वडा नं ३ डाँडाथोक बाट जनचेतना महिला समूह प्रथम भएका छन।

घिरिङ गाउँपालिका कार्यालयको प्राङ्गणमा बिहीवार भएको प्रतियोगितामा द्धितियमा वडा नं २ देउराली बाट परोपकार आमा समूह , तिर्तियमा वडा नं ३ पोखरिछाप बाट गौतम बुद्ध स्वाबलम्बी आमा समूह भएका छन भने वडा नं २ धावादी बाट सिद्धार्थ आमा समुह सान्त्वनामा परेको छ।

यसै गरि लालिगुराँस आमा समुह वडा नं ५ धेनुङ्ग, मिलनशिल आमा समूह वडा नं ३ आर्चामबास, बाराही देबि आमा समूह वडा नं ५ भोक्टेनी, कमल ज्योती आमा समुह वडा नं १ कटहरे सहित जम्मा ८ समुह प्रतियोगितामा सहभागी थिए।
सो प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार, तिर्तिय पुलरस्कार ७ हजार र सान्त्वना पुरस्कार ५ हजार गरि प्रतियोगितामा भाग लिएका सबै समुहलाई ३ हजारका दरले यातायात खर्च दिएको थियो।

घिरिङ गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष थापाले महिलाले राष्ट्र चलाउन सक्ने खुबी राष्ट्रपती बाट प्रमाणित भएको बताउँदै गाउँपालिकाका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुमा पनि महिलाहरु अग्रसर रहेको उनले बताएका थिए। साथै कृष्ण मोटर मार्ग बाटो कालोपत्रे हुन नसक्नुको कारण ठेकेदार र पुर्वाधार कार्यालयको बिबाद रहेको कुरा स्पष्ट पारेका थिए। उक्त बिबाद समाधान भए पछि तुरुन्त काम अघि बढ्ने बताएका थिए।

बिशिस्ट अतिथी गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर राना, निवर्तमान उपाध्यक्ष सरस्वती सिक्देल र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, अतिथिहरु वडा नं ३ का वडा अध्यक्ष तहल सिं थापा र कृष्ण माबिका प्रधानाध्यापक ध्रुबराज सिक्देल लगायतले देश बिकासमा नारीको महत्वपूर्ण भुमिका रहेको कुरा मन्तब्य राखेका थिए।

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा तनहुँ कलाकार संघका अध्यक्ष कृष्ण प्रसाद गौतम, संरक्षक याम सागर बिक र सल्लाहकार सृजना आले रहेका थिए। गाउँपालिका प्राबिधिक साहयक पुस्पा थापाले कार्यक्रम संचालन गरेकी थिन भने स्वगत मन्तब्य कार्यपालिका सदस्य पार्बती बिकले गरेकी थिइन।