भिमाद सञ्चार
तनहुँ २०७९ भाद्र १० गते शुक्रबार
तनहुँको शुक्लागण्डकी बाट लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् ।
शुक्लागण्डकी नगरपालिका -२ कोत्रेबाट अवैध लागु औषध सहित धादिङ जिल्ला सिद्ध लेक गाउँपालिका-६ निवासी ४२ वर्षीय पूर्ण बहादुर बिक पक्राउ परेका हुन्।
प्रहरीले उनको साथबाट नाईट्राभेट १ हजार २ सय ट्याब्लेट बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार रौतहटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ५४६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई लागू औषध सहित पक्राउ गरिएको हो ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।