युवा क्लब भिमादको अध्यक्षमा ज्ञान बहादुर थापा चयन भएका छन् । शनिबार आयोजित २१ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट थापा अध्यक्ष पदमा चयन भएका हुन् । युवा क्लब भिमादले थापा सहित १४ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष्यमा ईश्वर न्यौपाने, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा प्रेम कुमार श्रेष्ठ , सहसचिवमा ज्ञानेन्द्र गुरुङ्ग, सदस्यहरुमा हरी थापा , गोविन्द मल्ल , चित्र क्षेत्री , विष्णुवीर थापा , शिव श्रेष्ठ , पदम कुमार श्रेष्ठ , कृष्ण गिरी , किरण श्रेष्ठ , ममता आले र दिपक कुमार श्रेष्ठ चयन भएका निर्वाचन संयोजक केशर बहादुर खड्काले बताए । नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै भिमाद नगरपालिका नगर प्रमुख दधिराज सुवेदीले युवा क्लब भिमाद भिमादको मेरुदण्ड रहेको बताएका थिए । नगरको विकासमा सम्पुर्ण नागरीक संग संगै जोश र जाँगरले भरिएका युवाहरुको साथ सहयोग र सल्लाहको सदैव खाँचो पर्ने सुवेदीले बताए ।

 

यस्तै नगर उपप्रमुख शारदा खनालले भिमाद नगरपालिकाले आगामी दिनहरुमा युवा लक्षित कार्यक्रम तथा विकासका योजनाहरू ल्याउने बताइन । कार्यक्रममा भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम शुन्दर जोशी नेपाली कांग्रस तनहुँ जिल्लाका सह सचिव मिलन आले , एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखे , प्याब्सन तनहुँका अध्यक्ष गोपाल पराजुली , क्लबका निवर्तमान अध्यक्ष नवीन श्रेष्ठले लगायतले क्लबले भिमादलाई एकताको शुत्रमा बाध्न , सामाजिक चिन्तन र प्रतिबिम्ब बन्नुपर्ने सुझाएका थिए । शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञान बहादुर थापाले युवा क्लब भिमादलाई सक्रिय बनाउनको लागी तन मन लगाएर आगाडि बढाउने बताएका थिए ।