भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र २६ आइतबार

घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ऋषिङ्ग गाउँपालिका–३ सोलुङ्ग निवासी २४ बर्षीय दरिमाया थापाको मृत्यु भएको हो ।

आफ्नै घर नजिकको खरबारीमा घाँस काट्ने क्रममा अचानक रिगँटा लागेर ढलेकी महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रिगँटा लागेर करिब एक मीटर तल ढिस्कोबाट खस्दा बेहोश भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।  शनिबार साढे पाँच बजेको समयमा ढलेकी महिलाको तत्कालै दमौली अस्पतालमा उपचारको लागि लगिएको थियो ।

उपचारको लागि दमौली अस्पतालमा लगिएकी महिलाको चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मृतक महिलाको पेटमा सात महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।