भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र २६ गते आइतबार

नेशनल मंगोल अर्गनाइजेसन तेस्रो ऐतिहासिक घिरिङ गाउँ सभाको अधिबेशन बाट दिलिप राना मगर चयन भएका छन्। घिरिङको वडा नं ४ गाबुडाँडामा शनिबार भएको अधिबेशन बाट रानाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ। सचिबमा बिमला थापा मगर र सदस्यहरुमा भिम बहादुर थापा ठाडा मगर, हरिभक्त थापा मगर , तेज बहादुर थापा मगर, होम माया थापा मगर, लालु माया थापा मगर, सुमन थापा मगर, सुमन कुमाल र रन्जित आले मगर रहेका छन।

घिरिङको वडा नं ४ गाबुडाँडामा शनिबार भएको अधिबेशन उद्धघाटन सत्रमा कार्यक्रम संयोजक दिलिप रानाको अध्यक्षतामा भएको कार्यक्रम लाई प्रमुख अतिथी नेशनल मंगोल अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभाका सदस्य एबम अनुशासन बिभाग संयोजक गणेश चाम्लिङ्गले पाँच वटा मैन बत्ती बालेर कार्यक्रम उद्द्घाटन गरेका थिए। कार्यक्रममा बिशिस्ट अतिथी नेशनल मंगोल अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभा सदस्य श्याम लिम्बू, केन्द्रिय सर्बोच्च सभा सदस्य एबम कार्यालय सचिब रेन्चेन दोर्जे तामाङ,
केन्द्रिय सभाका सदस्य प्रबिना थापा मगर, गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ्ग, जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा र मंगोल अनलाइन टिभिका पत्रकार अर्जुन लिम्बुले मन्तब्य राखेका थिए।

कार्यक्रम संचालन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापाले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य बिमला थापाले राखेकी थिइन।