भिमाद सञ्चार

तनहुँ २०७९ असोज १ गते शनिबार

तनहुँमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला स्याङजा हरिनास गाँउपालिका– ५ बस्ने ४० बर्षीय केश बहादुर थापा रहेका छन् ।

भिमाद नगरपालिका–५ मिर्छलुङ मडुवाको ऋषिङ–भिमाद भित्री  बैकल्पिक सडक खण्डमा शुक्रबार राती बोलेरो गाडी १०  दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको हो ।

ऋषिङबाट भिमाद तर्फ आउदै गरेको ग.३च २१२९ न.को बलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०÷२५ फिट तल खस्दा सो दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृतकको शव दमौली अस्पतालमा ल्याई राखिएको छ ।