भिमाद सञ्चार
तनहुँ २०७९ असोज ३ गते सोमबार
उपचारको क्रममा तनहुँ सहयोगी समुहका कार्यक्रम संयोजक श्रीराम कंडेलको असोज २ गते निधन भएको छ ।
ब्यास नगरपालिका १२ छाब्दी निवासी कंडेलको पोखरा उपचारको क्रममा निधन भएको हो । भदौ ३० गते ब्यास २ केयर होम सपोर्टको भवनमा भर्याङबाट लडेर घाइते भएका थिए ।
एचआईभीएड्स संक्रमितको हकहित र सहयोग र हेरचाहको क्षत्रमा दुई दशक लामो समय काम गर्दै आएका थिए ।
कंडेको असोज २ गते आइतबार नै सेतीमादी आर्यघाटमा दाहसंस्कार गरिएको छ