भिमाद सञ्चार

तनहुँ २०७९ असोज ४ मंगबार

‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ मंगलबार तनहुँमा आयोजित रक्तदान कार्यक्रममा ११३ युनिट ब्लड संकलन भएको छ ।


भिमाद नगरपालिका –६ लखन चोक भिमादमा लाईन्स क्लब अफ भिमाद ग्रिनसिटी लेडिज क्लब र नेपाल रेडक्रस सोसाइटी पोखराको प्राबिधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो ।


क्लबकि चियर पर्सोन सिमा खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम भिमाद  नगरपालिकाका नगर प्रमुख ददिराज सुबेदले रक्तदाता प्रकाश तिमिल्सेनालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
रक्तदान जीवन दान भएकोले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनि रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबकि उपध्यक्ष बिष्णु श्रेष्ठले बताइन् ।


नेपालमा डेन्गो रोगको समस्य बढ्दो रहेको हुँदा बिपतको समयमा रक्तदान कार्यक्रम आयोजन गरिएको क्लबकी सचिव शिला क्षत्रीले बताइन् । रक्तदान कार्यक्रममा लक्ष्य अनुरुपको सहभागिता रहेको र धर्म कमाउन मठ मन्दिर जानु भन्दा मानबिय सेवा गरे पुन्य लाभ हुनेमा ऋषिङ्ग गाउँपालिकाका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले बताए । रगतको महत्त्व कति हुन्छ भन्नेकुरा बिरामी परेर रगतको आवश्यकतामा छट्पट्टाई रहेकालाई मात्रा थाहा हुने गर्दछ, लेडिज क्लबका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै यस्ता महान काम प्रती भिमाद नगरपालिका सधै साथमा रहेने भिमाद नगरपालिकाका नगर प्रमुख ददिराज सुबेदिले बताए ।

कार्यक्रममा ब्लड डाेनेसन चिफ मोहन सुबेदी, असिस्टेन चिफ अड्भाइजर मोति प्रसाद पौडेल, जोन चियर पर्सोन फणीन्द्र पौडेल, भिमाद गाबिसका पुर्ब अध्यक्ष काजिमान श्रेष्ठ, जनज्योति क्याम्पसका प्रमुख केशव काफ्ले, नगर उद्योग बाणिज्य संघका अध्यक्ष हस्त बहादुर खड्का, भिमाद ईलाका प्रहरी कार्यलयकाका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक युवाराज सलामी मगर सहितको उपस्थितमा भिमादमा खुल्ला रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।