भिमाद सञ्चार

तनहुँ २०७९ असोज ६ बिहिवार

तनहुँको व्यास नगरपालिका क्षेत्रमा दर्ता नभएका फार्निचर तथा फर्निशिङ्ग ब्यवसायलाई कानुनी दायरमा ल्याउन  ब्यवसायीहरुले माग गरेका हुन् । सम्बन्धित  निकायले  अनुगमन र जिम्मेवारी पुर्बक काम नगरेको पाएपछी   तनहुँ  फर्निचर फर्निशिङ्ग ब्याबसायि संघ ब्यास नगर समितिका प्रतिनिधिहरुले बिहीबार घरेलु तथा साना उधोग कार्यलयलाई ध्यानाकर्षण गराएका हुन् ।

तनहुँमा दर्ता नभएका  उधोग र ब्यबसाय   कानुनी र करको  दायरामा ल्याउन माग गर्दै  ब्यबसहरुले घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख अविनाश कुंवर समक्ष  अनुगमन गरि कानुनि दायारामा ल्याउन सहजीकरण गरिदिन माग गरेका हुन् ।

ब्यबसायीहरुको गुनासो पश्चात् कार्यलय प्रमुखले अनुगमन गरी विना दर्ता उद्योग ब्यबसाय  संचालन गरेको फेला परे कानुनि कारबाही गर्ने प्रतिवद्वता ब्यक्त गरे । ब्यवसायीहरुले फर्निचर उद्योग दर्ता नगरी संचालन गर्ने र भारातिय मुलका ब्याक्तीहरु द्वारा कर छली गरेर घर घरमै गएर फर्निचर सामाग्रीहरु बनाउदै गर्दा राज्यलाई कर तिर्ने उद्योगीहरु मर्कामा परेको गुनासो ब्याक्ती गरे ।

तनहुँ  फर्निचर तथा फर्निशिङ्ग ब्यवसायी संघ  व्यास नगर समिति अध्यक्ष सतन ठाकुर ,उपाध्यक्ष राजु थापा , संगम श्रेष्ठ, अशोक मास्के लगायत तनहुँ फर्निचर तथा फर्निशिङ्ग ब्यबसायी संघ अमर बहादुर भणडारीको टोलीको घरेलु तथा साना उद्योग कार्यालय तनहुँ  पुगेको अध्यक्ष भणडारी जानकारी दिए  ।