भिमाद सञ्चार

तनहुँ २०७९ असोज १७ सोमबार

पोखराबाट झापा जाँदै गरेको कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । बा१०च ४५५४ नम्बरको कार आज बिहान करिब ७ बजे र मुग्लिन-नारायणगढ सडकमा पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ सत्रकिलोबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।

कारमा रहेका दुई जना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

कार झापा जिल्ला दमक नगरपालिका वडा नं. ३ का ५२ वर्षीय लिला भट्टराईले चलाएका थिए भने उनीसँगै उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल पनि थिइन् ।

दुवै जना सामान्य घाइते भएको डिएसपी पण्डितले जानकारी दिए । कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।