भिमाद सञ्चार

तनहुँ २०७९ असोज २२ शनिबार

नेपालीको महान् पर्व दशैंमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्युभएको र अर्को एक महिला सम्पर्कविहिन भएकी छिन् ।

सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङअर्थात् दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए । मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी श्रीमती लमजुङको बेँसीसहर नगरपालिका-१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उजले जानकारी दिए । उनीहरुसहित पाँच जना उक्त स्थान घुम्न गएका थिए ।

बाँकी तीनजना यतिबेला भेडीगोठमा बसिरहेका र उनीहरुको मौसममा आएको खसाबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो । सम्पर्कविहीन भएकी शर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन ।

शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिडेका र पछि पछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ ।