भिमाद सञ्चार
तनहुँ २०७९ असोज २६ बुधबार
निर्वाचन आयोगका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट ८६७  जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम भएका हुन् ।

१६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र र विभिन्न पार्टीका गरी जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।

#फरक धार