भिमाद सञ्चार

२०७९ कार्तिक  १

शालिकराम गहत

नवलपुरमा अनलाइन मिडियाहरुको तदर्थ समिती गठन भएको छ । कावासोतिमा नवलपुरका अनलाईन मार्फत समाचार संप्रेषण गर्ने डेढ दर्जन भन्दा धेरै अनलाइनका प्रतिनिधिहरु मिलेर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन । ठुला मिडियाहरुले गर्दा साना अनलाइन मिडियाहरुले स्थान नपाउने हुँदा नवलपुरमा पनि अन्य क्षेत्रको जस्तै अनलाइन मिडियाको पनि संगठन बिस्तार गरि पारदर्शिता र जिम्मेवारीपुर्ण बनाउन समिती गठन गरिएको हो ।

जिल्लाका अनलाइन मिडियाहरुलाई एकबद्वता गराउने र संगठित भएर संचालन रहे अनलाइन मिडियाहरुको पनि प्रभावकारीता बढ्न सक्ने भन्दै राजु सुवेदीको नेतृत्वमा १५ सदस्यीय तदर्थ समिती गठन गरिएको छ ।

संगठित १५ सदस्यीय तदर्थ समितिमा अध्यक्ष राजु सुवेदी , उपाध्यक्ष अर्जुन अबिरल, सचिब निश्चल गौडेल , सह-सचिब तिर्थ राज काफ्ले , कोषाध्यक्ष शुस्मा सुनार रहेकि छिन । त्यसैगरी सदस्यहरुमा खगेन्द्र पराजुली, धन प्रसाद पाण्डे (पृय धन ), ओमकार घिमिरे, सिर्जना पौडेल,निशा भण्डारी, सतिस राई,समर रानाभाट,शिखा कुवर ,शारदा भट्टराई , राजकुमार श्रेष्ठ रहेका छन् ।
नवलपुरमा समग्र अनलाइन मार्फत समाचार संप्रेषण गर्ने पत्रकारहरुलाई जोडेर साझा संस्था बनाईने संस्थाका अध्यक्ष राजु सुबेदिले बताए ।