भिमाद सञ्चार

तनहुँ २०६९ कार्तिक १४

झक सारु

`स्वास्थ्य र पर्यावरणका लागि साईकल ´भन्ने मूल नाराकाे साथमा साईकल सिटी भैरहवाबाट  १५ जना साकलयात्रीहरू `आन्तरिक पयर्टन साथै  स्थानीय उब्जनी प्रवद्धनका लागि  यात्रा थालनी गरेका छ्न् ।

२०७९ कार्तिक ११ देखि १५ गते सम्मकाे यात्रा अन्तर्गत १२ गते भिमाद आईपुगेका टोलिलाई सुन्दर टोल बिकास सस्था भिमादको आयोजनामा १३ गते बिहान  उक्त टोल बिकासका अध्यक्ष सालिकराम सुनारको अध्यक्षता र  भिमाद नगरपालिकाका नगर प्रमुुुख ददिराज  सुुवेदीको प्रमुुुख आतिथ्यतामा  एक कार्यक्रम आयोजना गरि साकल यात्रीहरुलाई स्वागत एवम् सम्मान गरिएको छ ।  उक्त दिनको कार्यक्रम भने प्ररखर बक्त झक सारुले  सन्चालन गरेका थिए  ।

स्वागत मन्तव्य युवा नेता एल. बि गाेतामेले राखे, संगै  शुभकामना मन्तव्य नारायण कैलाश सिग्देल , नेकपा एमालेका जिल्ला सदस्य  कृष्ण देव शाक्य, नगर उधाेग हस्त ब. खड्का, नेका सह- सचिव मिलन आले साथै प्रमुख अतिथि दधिराज सुवेदीले आआफ्नो भनाई राखेका थिए ।

साईकल यात्रीहरुले १३ गतेनै भिमादको प्रसिद्ध धार्मिक एवम्  पर्यटकिय स्थल सिद्ध गुफाको पनि अवलोकन गरेका थिए ।

आर्थिक बिकास र  समृद्धिमा आन्तरिक पर्यटनले ठुलो सघाउ पुर्‍याउन सक्ने सम्भावना भएको र यस प्रती स्थानीय सरकारले महत्त्वका साथ ध्यान दिनुपर्नेमा बक्तहरुको भनाई  थियो ।
आर्चरीमा स्वर्ण पदक बिजेता गंगा कुँवर  समेतको कार्यक्रममा उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले पर्यटन बिकासमा सघाउ पुर्‍याउन साथ मिल्ले भन्दै सालिकराम सुनारले कार्यक्रम समापन गरेका थिए  ।