तनहुँ २०७९ कार्तिक १८
निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो ।

मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।

देशका ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिनेछ । यसका लागि आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।

आयोगले मतदाता शिक्षाका लागि ५० करोड रुपैयाँ छुट्याएको छ । चुनाव आउन अब १६ दिन बाँकी छ ।