भिमाद सञ्चार
तनहुँ २०७९ कार्तिक २२ मंगलबार
तनहुँको एक क्याम्पसले अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा वित्तीय सचेतना तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
भिमादको जनज्योति क्याम्पसको अतिरिक्त क्रियाकलाप अन्तर्गत NMB Bank भिमाद शाखाको सहयोगमा अतिरिक्त क्रियाकलाप समिति संयोजक शिवदत्त चापागाईको अध्यक्षतामा प्रमुख अतिथि संचालक समितिका अध्यक्ष जीतप्रकाश आलेले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । रचनात्मक कार्यक्रमले विद्यार्थी एवं सस्थाको वृत्ति विकासमा टेवा पुग्ने भन्दै आलेले आफ्नो भनाइ राखेका थिए ।
उपप्राध्यापक सीता देवी भट्टराईले स्वागत मन्तव्य राखे संगै कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्ले ले क्याम्पसका गतिविधिका बारेमा जानकारी गराएका थिए । NMB Bank भिमादबाट शाखा प्रबन्धक सन्तोष के.सी., तेज प्रसाद सिग्देल, बर्षा थापा, खेमकान्त श्रेष्ठ एवं शुशिला क्षेत्रीले बैक तथा वित्तिय संस्थामा कसरी पहुँच बढाउन सकिन्छ ? शेयर कारोवारका फाइदा र कारोवार गर्ने तरिका वा प्रकृया आदिका सम्बन्धमा प्रकाश पारेका थिए । सहभागी विद्यार्थीहरुले राखेका जिज्ञासाको बारेमा पनि NMB Bank को तर्फबाट प्रष्ट पारिएको थिए । उक्त कार्यक्रम संचालन अतिरिक्त क्रियाकलाप समिति सदस्य दीपक भट्टराई ले गरेका थिए ।
अतिरिक्त कार्यक्रम समापन लगत्तै जनज्योति क्याम्पस आन्तरिक गुणस्तर विश्वसनीय समिति (IQAC), क्याम्पस प्रमुख, विद्यार्थी गुणस्तर व्यवस्थापन समुह (SQMC) तथा प्राध्यापक–कर्मचारीहरुको संयुक्त वैठक बसी विद्यमान अवस्थामा शिक्षण सिकाई गतिविधि लगायत अन्य विविध गतिविधिहरुका बारेमा छलफाल एवं अन्तरक्रिया सम्पन्न गरेको छ ।