भिमाद सञ्चार
२०७९ कार्तिक  २५, दुलेगोैंडा
तनहुँको शुक्लागण्डकी स्थित दुलेगौडामा रड प्रहार गरि एक युवाका हत्या भएको छ । रिमाल अटो केयरमा सवारी मर्मतको काम गर्दै आएका तनहुँ देवघाट गाउँपालिका २ का २४ बर्षीय विरम आलेलाई सर्लाहीका २५ बर्षीय यनबहादुर चौधरीले रड प्रहार गरि हत्या गरेका हुन् ।

आलेले काम गरिरहेको अवस्थामा पछाडीबाट चौधरीले टाउकोमा रड प्रहार गरेर हत्या गरेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ । घटना लगत्तै आलेलाई अस्पताल लगिएकोमा चिकित्सक मृत घोषणा गरेको प्रहरीले जनाएको छ । रड प्रहार गर्ने चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिईसकेको छ ।

सवारी मर्मत सम्वन्धी नै अन्य कम्पनीमा काम गर्दै आएका चौधरीले ब्यत्तिगत रिविसीका कारण हत्या गरेको हुन सक्ने रिमाल अटो केयरका सञ्चालक दिपेन्द्र रिमालले जानकारी दिनुभयो । आफ्नो कामदार भित्र काम गरिरहेका अवस्थामा बाहिरबाट आई एक्कासी रडले प्रहार गरेको रिमालले बताउनुभयो ।