भिमाद सञ्चार
तनहुँ २०७९ मंसिर १० शनिबार

जिल्लाको घिरिङ गाउपालिका–१ पुटारका २२ बर्षीय सुनिल, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन -२०७९ को सुरक्षार्थ भर्ना भई भिमाद ईलाका प्रहरी कार्यालयमा खटिएका म्यादी प्रहरी दरै घर फर्कने क्रममा आज मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । उक्त वडाको कच्ची सडक खण्डमा पर्ने बनटारबाट पुटारतर्फ जाँदै गरेको लु.३९ प ५०९७ न.को मोटरसाईकल आफै अनियन्त्रित भई सडक देखि पचास मिटर तल खस्दा दरैको मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते भएका मोटरसाइकल चालक सुनिल दरैको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सवार सोही वडा निवासी २१ बर्षीय खुमबहादुर राना र २१ बर्षीय रामबहादुर कुमाल समेत घाइते भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
अन्य दुई जना घाईतेहरु खुम बहादुर र राना राम बहादुर कुमालको गण्डकी मेडिकल अस्पताल पोखरामा समान्य उपचार पश्चात डिस्चार्ज भएको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।