भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर १४

तनहुँको घिरिङ्ग गाउँपालिकामा कृष्ण मोटर मार्ग अन्तर्गतको बाटो १५ दिन सवारीसाधन आवतजावत बन्द गरिएको छ। घिरिङ गाउँपालिकाको कृष्ण मोटरमार्ग अन्तर्गत खिलादेखि गाउँपालिका कार्यालय भवन पोखरीछाप सम्मको बाटो कालोपत्रे सुचारु हुने भएको छ । मंसिर १५ गते देखि मंसिर २९ गते सम्म सवारीसाधन बन्दहुने गाउँपालिकाले जनाएको छ ।

उक्त मोटरमार्गबाट सवारी बन्द गरि अन्य वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्दै मंगलबार गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले एक सुचना जारी गरेका थिए ।