भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर २५

तनहुँको  भिमाद नगरपालिका वडा नं. ७  वालविद्याश्रम आ. वि.मा न्यानो कपडा वितरण गरिएको छ ।

तनहुँ जिल्लाको शैक्षिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल टंकनाथ पराजुलीको २०७१ साल मंसिर २३ गते ६४ बर्षको उमेर निधन भएको थियोे ।

२०७९ मंसिर २४ गते न्यून आयस्रोत भएका अभिभावकका बालबालिकाहरुलाई प्रतिष्ठानको आयोजनामा स्वर्गीय टंकनाथ पराजुलीको आठौं स्मृति दिवसमा वालविद्याश्रम आ.  विद्यालयका सबै विद्यार्थीहरुलाई न्यानो पोशाक र जुत्तामोजा प्रतिष्ठानका संरक्षक राधा पराजुलीले वितरण गरेकि थिइन ।

प्रतिष्ठानका अध्यक्ष प्रेमप्रकाश भट्टराई को अध्यक्षतामा र भिमाद नगरपालिका शिक्षा उप सचिव पदमराज आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य ऋषिराम पोख्रेलले स्वागत गरेका थिए, भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव खिमाकान्त पराजुलीले गरेका थिए ।