भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर २६

दलित सचेत तथा प्रशिक्षण कार्यक्रम आइतबार जिलाङ्गमा सम्पन्न भएको छ । ‘खोज्नुछ हामिले पहिचान, हरेक गाउँ क्षेत्रमा दलित जागरण अभियान’  भन्ने नाराका साथ जातीय भेदभाव, छुवाछूत, पेसागत सुरक्षा तथा कानुनी हक अधिकारका विषयमा सचेत गर्नका लागि तनहुँको भिमाद नगरपालिका २ जिलाङ्गमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रशिक्षक अधिबक्ता सरिता तिमल्सिना पङ्गेनीले जातीय भेदभाव तथा छुवाछूत गर्नु अपराध हो, यदि यस्तो गतिविधि  ब्यबहारमा कहि कतै बाट  भएर उजुरी परेको खण्डमा कानुन सम्मत तीन बर्ष सम्मको कैद सजय र ३० हजार सम्मको दुबै खाले जरिवाना हुन सक्ने ब्यवस्था रहेको उल्लेख गर्दै कार्यक्रममा सहजीकरण गराराएकी  थिइन् । भिमाद नगरपालिकाको पुर्ब मेयरकै  वडामा पनि  अझै यो छुवाछूत जस्तो अमानवीय कुरिती हट्न नसक्नु दुखको कुरा हो । बिबाह भोज भतेरमा २/२ वटा हुनुमा गम्भीर हुनुपर्नेमा र पुन त्यस्त गतिबिधि भएको पाईएमा सम्बन्धित निकायमा बेलौमा जानकारी गरानु पर्नेमा जोड  दिदै अर्का प्रशिक्षक धन बहादुर नेपालीले सचेत गराएका थिए ।

दलित एकता समाज भिमाद नगरपालिका २ जिलाङ्ग तनहुँले आयोजना गरेको कार्यक्रमको सभापति हेम बहादुर सुनारले गरेका थिए । करिब १०० जनाको सहभागीता  भएको कार्यक्रममा भिमाद  नगरपालिकाको तर्फबाट प्रमुख अतिथिमा उप-प्रमुख सारादा खनालले आफ्ना भनाइहरु राख्ने क्रममा अबका दिनहरूमा कुनै खाले हिम्स सहन नहुने  यदि त्यस्तो  गतिविधि भएमा सुचना उपलब्ध गराउन जानकारी गराएकि थिइन् ।

कार्यक्रममा भिमाद नगरपालिका २ का वडा अध्यक्ष दिनेश कुमार थापा कार्यपालिका सदस्य बिरु बास्यल कार्यपालिका सदस्य सन्दिप परियर, निबर्तमान कार्यपालिका सदस्य दिना गोतामे, नेकपा एमाले भिमाद २ का  पार्टी अध्यक्ष घनश्याम लम्साल, नेपाली काङ्ग्रेस भिमाद २ का पार्टी अध्यक्ष गुन्जसिङ्ग थापा लगाएतले आआफ्ना भनाइ राखेका थिए । आमा समूह र विभिन्न टोल बिकासका दलित एवम् गैह्रदलितको संयुक्त  सहभागी रहेको कार्यक्रममा दलित अधिकारकर्मी सालिक राम सुनारले कार्यक्रम संचालन गरेका थिए  ।