भिमाद सञ्चार

तनहुँ २०७९ मंसिर २७

तनहुँ प्रहरीले एक बर्षको अवधिमा चौहत्तर किलोग्राम १४१ गाँजा बरामद गरेको छ । प्रहरीले विसं ०७८ मंङिसरदेखि विसं ०७९ कार्तिक मसान्तसम्मको अवधिमा उक्त परिणामको लागुऔषध बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले एक बर्षको अवधिमा पाँच हजार एक सय बाइस एम्पुल लागुऔषध बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले चरेस एक किलोग्राम ४६ ग्राम र नाइट्रोभेट दुई हजार सात सय उन्नचालिस ट्याबलेट बरामद गरेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

त्यसैगरी डाइजेपाम एक हजार छ सय तीस,फेनरागन एक हजार छ सय बाइस,नुफिन एक हजार पाँच सय सत्तरी  गरी पाँच हजार एक सय बाइस एम्पुल लागुऔषध बरामद गरेको छ ।

लागूऔषधका अन्ठाउन्न मुद्वा दर्तामा पुरुष अट्सठ्ठी र महिला नौै गरी ७७ जनालाई पक्राउ कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गतबर्षको मंङिसर देखि कार्तिक मसान्तसम्म एक सय नौ जना फरार प्रतिबादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरेको छ ।

उनीहरुबाट  सैतिस बर्ष चार महिना तेइस दिन कैद असुली गरिएको छ भने रु.एकातिस लाख अन्ठाउन्न हजार नौ सय पच्चीस जरिवाना असुली गरेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।