यतिले विमानस्थलको पूर्व र बुद्धले विमानस्थलको पश्चिम तर्फबाट अवतरण गरेको हो।

अवतरण पश्चात संचारकर्मीसँग कुरा गर्दै यति एअरका पाइलट प्रमोद पौडेलले नयाँ विमानस्थलमा अवतरणका लागि कुनै समस्या नभएको र विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले अवतरणको क्रममा पूर्व तर्फको रिठ्ठेपानीको डाँडो भने अति नजिक देखिएको बताए। पोखराको पुरानो विमानस्थलबाट ५ हजार २ सय फिट उचाईमा उडान भरी अवतरण गरेको जानकारी दिँदै उनले पोखरा उपत्यका सानो भएका कारण केही चुनौती रहेको जनाए।

निर्माण सम्पन्न भइ संचालनको तयारीमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नागरिक उड्डयन प्राधिकरणले अंग्रेजी नयाँ वर्षको जनवरी १ तारिखदेखि व्यवसायिक रूपमा आन्तरिक उडान गर्ने तयारी गरिरहेको छ ।

यसअघि एरो थाई एअरको जहाजले यान्त्रिक परीक्षण उडान गरेको थियो।