भिमाद सञ्चार

तनहुँ २०७९ पौष ९

तनहुँको दमौली  ब्यास १ स्थित बिश्वकर्मा  गूठी भवन शिलान्यास भएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोबाटे बि.क.ले भवनको शिलान्यास गर्नुभएको हो ।

प्रदेश नम्बर ४  सामाजिक बिकास मन्त्रालयको  आ व २०७९/०८० को प्राप्त बजेट अन्तरगत  १० लाख रुपैया, ब्यास नगरपालिकाको तर्फबाट  ५ लाख रुपैया, ब्यास नगरपालिका वडा न. २ को  तर्फबाट १ लाख ५० हजार र ब्यास नगरपालिका वडा न.१ को तर्फबाट ३ लाख  कुल बजेट १९ लाख ५० हजार रुपैयाको सुरुवात लागतमा भादगाउ बिश्वकर्मा गूठी समाज ब्यास नगरपालिका वडा न. १ र ब्यास बिश्वकर्मा गूठी समाज नगरपालिका वडा न. २ को संयुक्त गूठी भवन  निर्माण कार्य सुरु गरेको भवन उपभोक्त समितिकोअध्यक्ष राजेन्द्र थापा सुनारले बताउनु भयो ।

भवन उपभोक्त अनुगमन समितिका सदस्य दिल्ली राम सुनार र केश बहादुर सुनारले  यो बन्ने भवन हरेकको दुखको छाहरी भवन बन्नेमा बिस्वास्त रेहेको भन्दै आआफ्ना भनाई राख्नु भएको थियो ।

बिश्वकर्मा गूठी भवन शिलान्यास एवं गूठी पुजा एकैदिनमा सम्पन्न भएको थियो । पहिले अलग अलग गूठी समुहमा रहदै आएका गूठी समुह पौष ९ गतेबाट संयुक्त रुपमा बिश्वकर्मा गूठी नामबाट अगाडी बढ्ने  र उक्त भवन निर्माण कार्य सम्पन्न गराउनमा गूठीका सदस्यहरुबाट  अपुग थप सहयोग रकमको आवश्यक पर्न सक्ने बताउदै, भवन निर्माण कार्य आगमी असारमा सम्पन्न हुने कार्यक्रमका सहजकर्ता हरि गहतराजले बताउनु भएको थियो  ।