भिमाद सञ्चार

तनहुँ २०७९ पौष १०

पोखरा, लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार सरिता तिमल्सिना पगेनीलाई प्रदान गरिने भएको छ ।

पुरस्कारका लागि संयाेजक कविराज खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पाेखरा महानगर का प्रतिनिधि राममणि अधिकारी,पूर्व सम्मानित व्यक्तित्व वासुदेव पौडेल, भीमपाण बराल, सल्लाहकार महेश्वर पाण्डे रहेको छनौट समिति ले उनलाई छनौट गरेकाे हो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख समेत रहनुभएकी तिमल्सिना पोखरा पोष्ट डटकममा प्रधान सम्पादकका रुपमा रहेकी छन् । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्ने निर्णय गरिएको हो ।

उनले सगरमाथा टेलिभिजन, पोखरा आवाज राष्ट्रिय दैनिक, रेडियो अन्नपूर्ण, रेडियो सफलता लगायतका सञ्चार माध्यममा अनुभव सँगालिसकेकी छन् । पत्रकारिता विषयमा स्नातकोत्तर एवम् कानुन विषयमा स्नातक सम्मको अध्ययन गर्नुभएकी तिमल्सिना नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य, डब्लुडब्लुजे कास्कीको अध्यक्ष, अनलाइन पत्रकार संघ गण्डकीको संस्थापक उपाध्यक्ष लगायतको जिम्मेवारीमा रहेकी छन् ।

२०७३ सालदेखि निरन्तर ११ हजार १११ रुपैयाँ राशि सहित प्रदान गरिने यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा र भीमपाणि बरालले पाइसकेका छन् ।