भिमाद सञ्चार

तनहुँ २०७९ पौष ११

देवघाट सन्देश सम्बादाता

तनहुँको देबघाट गाउँपालिकामा आज देबघाट गाउँपालिकाको लेखा अधिकृत उमानाथ ढकाललाई स्थानीय युबाहरुले कालोमोसो दलेका छन् ।

बिगत लामो समयदेखि काम सम्पन्न भएर पनि भुक्तानी नदिएको र काम गरे बापत पैसा समेत माग्ने गरेको हुँदा स्थानीय युबाहरुले कुटपिटका साथसाथै कालोमोसो दलेका हुन् ।

स्थानीयका अनुसार लेखा अधिकृत ढकाल कार्यलयमा पनि नआउने गुनासा गरेका छन्। महिनामा मुस्किलले ९/१० दिन कार्यालय आउने र आउदा पनि सेबाग्राहीलाई सेवा दिन आनाकानी गर्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

हरेक काममा कमिसन माग्ने भन्दै ढकाललाई गाउँपालिकामा राख्न नहुने आक्रोशित युबाहरुको भनाइ थियो ।