भिमाद सञ्चार

तनहुँ २०७९ पौष १५

आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

यस पटक गुरुङ्ग समुदायले तो ल्हो ( बाघ बर्ग ) को बिदाई गर्दै हि ल्हो ( बिरालो बर्ग) को स्वागत गरेर भब्य रुपमा मनाउदै छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । भिमाद नगरपालिका वडा ६ ङ्योए जनकल्याण तमु ह्युल छोंज घिं ले पनि राती खेगी द्वारा ग्रह शान्ति कार्यक्रम सम्पन्न गर्दै  दिउँसो भिमाद बजार झाकी सहित परिक्रमा गरि मनाउने संस्थाको अध्यक्ष धर्मवीर गुरुङ्गले जानकारी गराए ।
सस्थाका सचीव ज्ञानेन्द्र गुरुङ्ग्ले भिमाद सेरोफेरो देश तथा बिदेशमा रहेका नेपालीहरु प्रति ल्हासारको  आशिमाला दिएका छन् ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

पर्वका अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।