तनहुँका बसन्त विश्वकर्माको लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक (भिडियो)

भिमाद सञ्चार
तनहुँ २०७९ पौष १५
नेपाली लोक सांगीतिक क्षेत्रको अर्को एउटा नक्षत्र गायक बसन्त विश्वकर्माको नयाँ लोक दोहोरी गीत ‘साईली’ बजारमा आएको छ।

बसन्त विश्वकर्मा युवटुव च्यानलले सार्वजनिक गरेको गीतमा चर्चित लोक दोहोरी शान्तीश्री परियार र गायक बसन्त विश्वकर्माको स्वर रहेको छ।

गीतको शब्द तथा संगीत गायक बसन्तकै रहेको छ भने कोरस भोकलमा राज अर्याल, सनम पुन मगर गायत्री रानामगरको रहेको छ ।

गीतको म्युजिक भिडियोमा बसन्तसहित सनिसा भट्टराई, हिमांशु थापा लगायतको अभिनय रहेको छ ।

निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।

पुरानो मौलिकता लोप हुँदै गएको पछिल्लो अवस्थामा मौलिक भाकालाई टपक्कै टिपेर बजारमा ल्याएको गीतमा माया प्रेमको भाव झल्किएको छ । देश परिवर्तन र समानताका लागि हरेक परिस्थितिलाई सामना गर्दा धेरैले देखेका,भोगेका,सुनेका र पढेका कुरालाई विषयबस्तुमा समेटिएको छ ।

बसन्त बिश्वकर्मा तनहुँको ऋषिङ्ग गाउँपालिकामा जन्मेका उनी एक कुसल रेडियो कार्यक्रम प्रस्तोता पनि हुन्  ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया