तनहुँ २०७९ पौष १६
तनहुँमा बस  र स्कुटर एक आपसमा ठोकिदाँ शनिबार  एक युवकको मृ’त्यु भएको छ ।
बसको ठक्करबाट भानु नगरपालिका १३ समजुर निवासी ३२ बर्षीय शेख महमद रखिम मियाको मृ’त्यु भएको  हो । गम्भिर घाईते भएका मियाको उपचारको क्रममा दमौली अस्पतालमा मृ’त्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिका– ५ याम्पा स्थित पृथ्विराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौं तर्फ जादै गरेको प्र.नं.३–०१–००६ ख ०९२४ नंम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग १३ प ३५५४ नं।को स्कुटर एक आपसमा ठक्कर खाँदा उक्त दु’र्घटना भएको हो ।
बस चालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नंम्बर ४ बस्ने बर्ष ३३ को चुक्त बहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।