भिमाद सञ्चार

तनहुँ २०७९ पौष १७

अन्जन परियार

तनहुँको न्यु स्टार टेलर्सका संचालक पदम परियारले चिट्ठा बाट पिको मेसिन उपहार पाएका छन । कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाले शनिबार गरेको पिकनिक कार्यक्रममा चिट्ठा तान्ने खेल, कुर्ची घुमाई, प्रश्न उत्तर कार्यक्रम गरेको थियो । सो कार्यक्रममा शुक्लागण्डकि ४ दुलेगौंडामा टेलर्स ब्यवसाय गर्दै आएका परियारले चिट्ठा बाट २० हजार बराबरको पिको मेसिन उपहार पाएका छन।

बिगत लामो समय देखि दुलेगौंडामा सिलाइ ब्यवसाय गर्दै आएका परियारले पाँच जना कालिगड लाई रोजगार दिदै आइरहेका छन। सिलाई ब्यवसायी संग गण्डकी प्रदेशको २०७६ मा प्रदेश स्तरीय कोट सिलाई प्रतिस्पर्धामा पनि परियार तेस्रो भएका थिए। उनले भने, पसलमा ९ वटा सिलाई मेसिन भएता पनि पिको मेसिन नभएको कारण किन्ने सोच बनाएको थिएँ तर मेरो सिलाई पेशा प्रतिको गहिरो लगाबको मुल्यांकन गर्दै भाग्यले उपहार बाट पिको मेसिन पारिदिएकोमा खुसी छु,अझ ब्यवसाय फराकिलो बनाउन उत्प्रेरणा मिलेको छ।

१०० जना भन्दा बढीको उपस्थितिमा गरिएको कार्यक्रममा उपस्थित सबैले खेलमा सहभागी भएका थिए, विभिन्न प्रकारका खेलमा ४ वटा कैँची, ५ बट्टा धागो, ५ रोल इलास्टिक र ४ वटा स्केल पुरस्कार रहेको थियो।

ब्यास नगरपालिका ३ पाटनमा कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँका अध्यक्ष राम बहादुर गुइदेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ केन्द्रीय सदस्य एबम गण्डकी प्रदेश संयोजक किसान सेवा, विशिष्ट अतिथी परियार सेवा समाज तनहुँका अध्यक्ष गणेश गोतामे, अतिथी हरु सीप बिकास तनहुँका संयोजक रमेस सेवा, पहले गुइदेल, निबर्तमान जिल्ला उपाध्यक्ष शुक बहादुर परियार रहेका थिए । सो कार्यक्रम संचालन संस्थाका सचिब मन बहादुर रतनले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष राजेन्द्र परियारले गरेका थिए।