भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं ४६९ मिती २०७९।२।२७, च.न. १६१ मिती २०७९।४।३१, च.न. २५८ मिती २०७९।५१९ र च.न. ४६९ मिती २०७९।८।११ को परिपत्र वाट प्राप्त निर्देशन साथै भुउपयोग ऐन २०७६ को दफा ४ तथा भुउपयोग नियमावली २०७९ को नियम ५, अनुसुचि १ मा भएको व्यवस्था समेतको आधारमा म्याग्दे गाँउपालिकाले विभिन्न चरण पार गरि म्याग्दे गाँउपालिका भित्रको जग्गा वर्गिकरण गरी स्थानिय भूउपयोग परिषद वाट स्विकृत गरी कार्यन्वयनको लागी वर्गिकरण पुस्तक संलग्न गरि नापी कार्यलय तनहुँ, मालपोत कार्यलयमा तनहुँ, श्री संघिय भुउपयोग परिषद (भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सिंहदरवार), श्री नापी विभाग मिनभवन काठमाण्डौ, श्री प्रदेश भुउपयोग परीषद (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीवी निवारणमा पत्र पठाईको म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिृत नारायण प्रसाद अधिकारीले वताउनुभयो ।

यो सँगै म्याग्दे गााउपालिकाको गाँउ कार्यपालिकाले वनाएको स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) तथा उपदफा (३) वमोजिम आम नागरिकको जानकारीको लागी स्खण्ड ६, संख्या १, मंसिर २३ गते २०७९ को स्थानिय राजपत्रमा समेत प्रकाशित भएको छ ।

प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले म्याग्दे गाँउपालिकाले भूमि व्यवस्था सहकारी तथा गरीवी मन्त्रालयको निर्देशन समयमा नै पुरा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आम जनताको चासो तथा सरोकारको विषयमा म्याग्दे गाँउपालिकाले देखाएको क्रियाशिलताले खुशी लागेको छ, मालपोत अधिकृत पौडेलले वताउनुभयो । तनहुँ जिल्लाको अन्य पालिकाले पनि जग्गाको वर्गिकरण अविलम्व गरि जनताको चासोलाई सम्वोधन गर्न आग्रह गर्नुभयो ।

जग्गाको वर्गिकरण सँगसगै अव गैरकृषि क्षेत्रमा ४ आना १ पैसा र कृषि क्षेत्रमा २ रोपनी जग्गाको कित्ताकाट गर्न वाटो खुलेको छ । यो निर्णय कार्यन्वयन सँगै पालिका भित्र जग्गाको कित्ताकाट रोकिएको आम जनतालाई ठुलो राहत पुग्ने गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो । पालिका आम जनताको समस्या समाधानमा प्रयत्नशिल छ, यसको शुरुवात भएको छ, श्रेष्ठले वताउनुभयो ।