व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष नेमप्लेट फ्याँकिएको अवस्थामा

भिमाद सञ्चार

तनहुँ २०७९ पौष २२

माधब पौडेल

तनहूँ । व्यास नगरपालिकाका कर्मचारीले मनपरीतन्त्रको नमुना पेश गरेका छन् । उनीहरुले व्यासका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको नाम र पद भएको नेमप्लेट झिकेर फ्याँकेका छन् ।

कार्यालय समयमा कार्यालय पुग्दा प्रमुख प्रशासकिय अधिकृतको नेमप्लेट नागिला बस्ने कोठा झिकिएको थियो । साउन महिनामा व्यासमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएका नागिलाले प्रशासनलाई सुधारेर जनतालाई सहज सेवा सुविधा दिन खोजेपछि कर्मचारीतन्त्र खुशी भएको थिएन । नागिलाले व्यासमा आएपछि कर्मचारी समयमा कार्यालय समयमा हाजिर भईसक्नुपर्ने, आवश्यक कर्मचारी बाहेक अरु यो वा त्यो वहानामा कार्यालय बाहिर हुनु नहुने, अघिल्ला बर्षहरुमा व्यासमा वेरुजुले रेकर्ड राखेकोले बेरुजू शुन्यमा झार्ने अभियान चलाएदेखि केहि कर्मचारी नागिलासग रुष्ट भएका थिए ।

”व्यास नगरपालिकाकै स्थानिय मानिस हाकिम भएर आाउनुभयो केहिलाई पचेन होला, अनि वहाँकै कार्यकालमा वडामै गएर योजना सम्झौता गर्ने एकिकृत घुम्ति सेवा शिविर, पालिका र सबै वडामा फ्रि हेल्थ डेस्क स्थापना गर्ने, अनलाईन कर भुक्तानी, ड्रेसकोडको पालनामा कडाई, कार्यालय समयको पालनामा कडाई, जनतालाई प्रदान गरिने सेवामा ढिलाई भएका कामहरुमा हाकिमको प्रत्यक्ष हस्तक्षेप भएपछि नगरपालिकाको केहि कर्मचारीतन्त्र सारै नै बेखुश थियो शायद त्यसैको प्रतिक्रिया होला हाकिमसाब्लाई केहिदिनदेखि अलिकति मिस् बिहेभ गर्ने काम भईरहेको थियो आज त नेमप्लेट झिकेर फ्याँकेर कार्यालयमा छिर्न नदिने काम गरिएको होला ?” नाम नबताउने सर्तमा एक कर्मचारी भनाई रहेको छ साथै ”हाकिम र कर्मचारीबिच केहि मनमुटाव भए सल्लाह गरेर समाधान गर्नुपर्नेमा एउटा जिम्मेवार राष्ट्रसेवक आफ्नो कार्यालय प्रमुखको नेमप्लेट नै झिकेर फ्याँकने, ढोकाका छिर्न नदिन साँचो लगाउने, कर्मचारीहरुमध्ये केहि कर्मचारी एकजुट भएर नगरप्रमुखलाई हटाउन निवेदन दिनुले पनि कर्मचारीतन्त्रको नियत राम्रो कसैले मान्दैन कि ? म पनि कर्मचारी हुँ तर जनताको करबाट तलब खाएपछि जनताको काम गर्नुपर्छ नि मनपर्दी गर्न पाईएन, आफुलाई मन लागेको समय र आफुलाई लगाउन मन लागेको लुगा लगाएर अफिस आउन पाईएन भनेर भन्न पाईदैन कि ? ” ति कर्मचारीको भनाई छ ।

व्यासमा कार्यकारी अधिकृतको कोठाको नेमप्लेट झिकेर फ्याँक्नु, कार्यकक्षमा ताला लगाउनु, नगरप्रमुखलाई प्रमुख प्रशासकिय अधिकृत हटाउन निवेदन दिनुको बारेमा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलासग सम्पर्क गर्दा सम्पर्क हुन सकेन यसै बिषयमा व्यास नगरपालिकाका सूचना अधिकृत कुमार कन्चन जिसी सम्पर्क गर्दा ”प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलासग आफ्नो सम्पर्क नभएको र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको नेमप्लेट कस्ले झिकेर फ्याँक्यो र कस्ले राख्यो आफुलाई जानकारी नभएको” भनाई रहेको छ ।

नागिला व्यास नगरापलिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भएर आएपछि एकिकृत घुम्ति सेवा शिविर, पालिका र सबै वडामा फ्रि हेल्थ डेस्क स्थापना गर्ने, अनलाईन कर भुक्तानी, ड्रेसकोडको पालनामा कडाई, कार्यालय समयको पालनामा कडाई, जनतालाई प्रदान गरिने सेवामा ढिलाई भएका कामहरुमा हाकिमको प्रत्यक्ष हस्तक्षेप गरेर सहज सेवा दिने प्रयास गरेपछि सर्वसाधारणले केहि सुधार महसुस गरेका थिए ।

तिनै प्रमुख प्रशासकिय अधिकृतलाई केहि कर्मचारीहरु एकजुट भएर कार्यालमा नै प्रवेश गर्न नदिने मनसायले नेमप्लेट नै हटाउनुले वेरुजु, ढिलासुस्ति र सुशासन दिन नसकेको नेपालकै टप नगरपालिकामा पर्न सफल भएको आरोप खेप्दै गरेको व्यास नगरपालिका हाकिमको नेमप्लेट हटाउने प्रकरण पछि अझै बेथितिको नमुना बन्ने धेरैको शंका रहेको छ र यो प्रकरणपछि धेरै सर्बसाधारणले प्रश्न गरेका छन् ”हाकिमको नेमप्लेट हटाउन मिल्छ ? हटाउने अनि राख्नेलाई कारवाही हुन्छ कि हुदैन ?”

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया